अझै घट्यो सुनको मूल्य, कति छ आज ?


 



काठमाडौं, असार १९
हिजो मात्रै २ सय रुपैयाँले घटेको सुनको मूल्य आज थप १ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजारमा झरेको छ । हिजो सुन बजारमा प्रतितोला ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य आज पनि यथावत नै छ । तीन दिनदेखि यथावत रहेको चाँदी आज  पनि प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: १९ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्