पार्टी चुनाव बहिस्कारमा, कार्यकर्ता स्वतन्त्रबाट विजयी


 


कपिलबस्तु, असार १९
राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको निर्वाचन बहिष्कार गरेपनि कार्यकर्ताले भने स्वतन्त्रबाट उम्मेदवारी दिएर जित हात पारेका छन् ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका निसार अहमद खाँ गाउँपालिका प्रमुखमा विजयी भएका छन् ।

खाँले १ हजार ८३७ मतसहित जित हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी अर्का स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरी १ हजार ७६३ मत पाए ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसकी सुधादेवी पाण्डे विजयी भइन् । उनले २ हजार ६३५ मत पाइन् ।

प्रकाशित मिति: १९ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्