गुल्मीको मदानेमा एमाले, मेयरमा दानबहादुर


 



गल्मी, असार १९
गुल्मीको मदाने गाउँपालिकामा एमालेले जित हात पारेको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दवै पदमा एमाले विजयी भएको हो ।

एमालेका दानबहादुर केसी ४ हजार ४ सय २३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्र कुँवर २ हजार ९ सय २६ मत ल्याएर पराजित भए ।

त्यस्तै, उपाध्यक्ष निर्वाचित एमालेकी सरिता खड्काले ४ हजार २ सय ११ मत ल्याइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुशीला भुसालले ३ हजार ४ मत प्राप्त गरिन् ।

प्रकाशित मिति: १९ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्