फोरम लोकतान्त्रिकले नवलपरासीबाट खाता खोल्यो
नवलपरासी, असार १८
विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले नवलपरासीबाट विजयी सुरुवात गरेको छ ।
नवलपरासीको सरावल गाउँपालिकामा फोरमका उम्मेदवार राघेश्याम चौधरी विजयी भएका छन् । चौधरीले ५ हजार ४५ मत ल्याए ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदिप अग्रहरीले ३ हजार ९१६ मत पाए । उपप्रमुखमा कांग्रेसकी उत्तमा राय विजयी भएकी छन् । उनले ४ हजार ४५९ मत पाइन् ।
प्रकाशित मिति: १८ असार २०७४, आइतबार