भोजपुरको षडानन्द नगरपालिकामा को अगाडि ?


 


भोजपुर, असार १८
भोजपुरको षडानन्द नगरपालिकाको पछिल्लो चुनावी मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ ।

नेपाली कांग्रेसका बीरबल राईले ३ हजार ६१२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुरेन्द्र उदास ३ हजार ९० भोटसहित दोस्रो स्थानमा छन् ।

तेस्रो स्थानमा रहँदै माओबादी केन्द्रका भीम तामाङले ९३४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा पनि कांग्रेसकै सीता श्रेष्ठको झिनो अग्रता छ । उनले ३ हजार १५३ मत प्राप्त गरेकी छन् भने एमालेकी मेरिका राई ३ हजार १४४ मत सहित उनलाई पछ्याईरहेकी छन् ।

प्रकाशित मिति: १८ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्