भोजपुरको साल्पासिलिछोमा कांग्रेसका महेश राई विजयी


 


भोजपुर असार १८
भोजपुरको साल्पासिलिछो गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका महेश राई विजयी भएका छन् । उनी आफ्ना प्रतिद्वन्द्वी भन्दा ६३ मत बढी ल्याएर विजयी भएका छन् ।

उनले १ हजार ६७४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खगेन्द्र राईले १ हजार ६११ मत ल्याए ।

उपप्रमुखमा भने नेकपा एमालेकी धनमाया राई विजयी भएकी छन् । उनले १ हजार ४७३ ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी संघीय समाजवादी र नेपाली कांग्रेसको गठबन्धनका वीरकुमार राईले १ हजार २८३ मत पाए ।

प्रकाशित मिति: १८ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्