बाँकेको राप्ती सोनारीमा कांग्रेस विजयी


 


बाँके, असार १८
बाँकेको राप्ती सोनारी गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । कांग्रेस उम्मेदवार लाहुराम थारु ८ हजार २३६ मत प्राप्त गरि बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलसीराम चौधरीले ६ हजार ९२४ मत पाए ।

उपप्रमुखमा पनि नेपाली कांग्रेसकै घनीकुमारी खत्री विजयी भएकी छन् । उनले ८ हजार २०३ मत ल्याइन् । उनका निकटतम प्रतिद्धन्दी चमेली बागबनले ६ हजार ९२४ मत प्राप्त गरिन् ।

प्रकाशित मिति: १८ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्