इलाममा कांग्रेसले खाता खोल्यो


 


इलाम, असार १८
इलाममा नेपाली कांग्रेसले पनि खाता खोलेको छ । माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गो ३ हजार ७५९ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी एमालेका हेमन्त राईले ३ हजार १५१ मत पाए । उपाध्यक्षमा भने नेकपा एमालेकी सुनिता योङहाङ २ हजार ९८१ मतसहित विजयी भइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका उम्मेदवारले २ हजार ७७१ मत पाए ।

प्रकाशित मिति: १८ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्