बिराटनगर महानगरमा मतान्तर घटाउँदै एमाले, कसको पक्षमा कति ?


 


बिराटनगर, असार १८
दोस्रो चरणमा निर्वाचन भएको एक मात्र महानगरपालिका बिराटनगरमा नेकपा एमाले गठबन्धनले कांग्रेससंगको मतान्तर क्रमशः घटाउँदै लिएको छ ।

पछिल्लो मत परिणामअनुसार एमाले–लोकतान्त्रिक फोरमका साझा उम्मेदवार बिनोद ढकाल कांग्रेसका भीम पराजुली भन्दा २८८ मतले पछाडि छन् ।

कांग्रेस उम्मेदवार पराजुलीले ३ हजार ३४५ मत प्राप्त गरेका छन् भने एमाले गठबन्धनका बिनोद ढकालले ३ हजार ५७ मत प्राप्त गरेका छन् । यसअघि सार्वजनिक भएको मतपरिणाममा एमालेका ढकाल कांग्रेसका पराजुली भन्दा करिब ७०० मतले पछाडि थिए ।

उपमेयरमा भने कांग्रेस १ हजार २ सय मत बढीले अगाडि छ । त्यस्तै, पछिल्लो मतपरिणामअनुसार माओबादी केन्द्र र संघीय समाजबादीका साझा उम्मेदवार उमेश यादवले १ हजार ३४६ मत प्राप्त गरेका छन् । महानगरमा कांग्रेस एक्लै चुनावी मैदानमा छ ।

प्रकाशित मिति: १८ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्