तानसेनमा एमालेका अशोक शाही दोस्रो पटक मेयरमा निर्वाचित


 


काठमाडौं, असार १८
पाल्पाको तानसेन नगरपालिकामा एमालेका अशोक शाही दोस्रो पटक मेयर बनेका छन् । २०५४ सालमा एमालेको तर्फबाट तानसेनको मेयर बनेका शाही यसपटक पनि विजयी भएका छन् ।

नगरपालिकामा मयर र उपमेयरसहित बहुमत स्थान जितेको छ । मेयरमा विजयी एमालेका शाहीले ७ हजार ६७१ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजयमान कर्मचार्यले ५ हजार ५१७ मत पाए ।

उपयमेयरमा पनि एमालेकै लक्ष्मी पाठक ७ हजार ८१ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी लालकुमारी रानाले ५ हजार ७३७ मत प्राप्त गरिन् ।

प्रकाशित मिति: १८ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्