खोटाङको लामिडाँडा गाउँपालिकामा एमाले बिजयी


 


खोटाङ, असार १७
खोटाङको लामिडाँडा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका लिलाप्रसाद निरौला १ हजार ९०९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका जनक कार्कीले १ हजार ५७५ मत ल्याए ।

उपाध्यक्षमा पनि एमालेकै समला राई १ हजार ८०७ मतका साथ बिजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी शोभा पाण्डेले १ हजार ६२७ मत ल्याइन् ।

प्रकाशित मिति: १७ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्