नेपालगञ्ज उपहानगरमा राप्रपाका राणा झण्डै दोब्बर मतले अगाडि


 



नेपालगञ्ज, असार १७
नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार राप्रपाका धवलशम्सेर राणा झण्डै दोब्बर मतले अगाडि छन् । पछिल्लो मतपरिणाअनुसार उनको पक्षमा ३ हजार ५४७ मत छ ।

उनीभन्दा पछि माओबादी केन्द्रका दामोदर आचार्य छन् । उनले १ हजार ९६८ मत प्राप्त गरका छन् । यो राणा र आचार्यबीचको १ हजार ५७९ को मतान्तर हो ।

त्यस्तै, १ हजार ९२४ मतसहित नेपाली कांग्रेसका सुरेशकुमार कनोडिया तेस्रो स्थानमा छन् ।

उपप्रमुख पदमा भने नेपाली कांग्रेस अगाडि छ । उपप्रमुखमा कांग्रेसको पक्षमा २ हजार ६५६ मत छ भने राप्रपाको पक्षमा २ हजार ४६६ र माओबादीको पक्षमा १ हजार ६८८ मत खसेको छ ।

प्रकाशित मिति: १७ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्