अछामको कमलबजारमा कांग्रेस विजयी


 


अछाम, असार १७
अछामको कमलबजार नगरपालिकामा मेयर र उपमेयरसहित नेपाली कांग्रेस विजयी भएको छ ।

नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार ओमप्रकाश विष्टले ३ हजार ५८७ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मेयर पदका उम्मेदवार दिपकप्रसाद अधिकारीले ३ हजार २७७ मत ल्याए ।

उपमेयरमा पनि नेपाली कांग्रेसकै भुमिशरण बजगाइले ३ हजार ६७२ मत ल्याएर विजयी भएका छन् ।

प्रकाशित मिति: १७ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्