गुल्मीको रेसुङ्गामा प्रतिष्ठाको लडाई : एमालेले बाजी मार्यो


 



गुल्मी, असार १७
गुल्मीको रेसुङगा नगरपालिकामा नेकपा एमालले जित हात पारेको छ । एमालेका डिल्लीराज भुसालले आफ्नो प्रतिद्वन्द्वी कांग्रेसका भवनप्रसाद श्रेष्ठलाई ८४ रनले पराजित गरेका छन् ।

भुसालले सुरुवाती चरणदेखि नै अग्रता कायम गर्दै आएका कांग्रेस श्रेष्ठलाई अन्तिममा पछारेका हुन् । भुषालले ५ हजार १० मत प्राप्त गरे भने कांग्रेसका श्रेष्ठले ४९ सय २६ मत प्राप्त गरे ।

त्यस्तै, उप प्रमुखमा पनि एमालेकी सीता भण्डारी विजयी भएकी छन् । उनले प्रतिद्वन्द्वी कांग्रेसकी अमृतादेवी कुँवरलाई ३४ मतले गरिन् ।

दुई नम्वर निर्वाचन क्षेत्रमा पर्ने यो क्षेत्रको चनुावलाई कांग्रेस र एमालेले आफ्नो प्रतिष्ठाको लडाई मान्दै आएका छन् ।

यहाँ संविधान सभाको पहिलो निर्वाचनमा एमालेका प्रदीप ज्ञवाली र दोस्रो निर्वाचनमा कांग्रेका चन्द्र भण्डारी विजयी भएका थिए ।

प्रकाशित मिति: १७ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्