देउवालाई गृहजिल्लामा धक्का, नवदुर्गामा एमाले विजयी


 


डडेल्धुरा, असार १७
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृहजिल्ला डडेल्धुरामा धक्का खानुपरेको छ ।

जिल्लामा अहिलेसम्म सार्वजनिक भएका स्थानीय तहमा एमाले अगाडि देखिएको छ । नवदुर्गा गाउँपालिकामा पनि एमालेका कविन्द्र विष्ट विजयी भएका छन् ।

उनी २ हजार ९६९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी लक्ष्मी अवस्थीले २ हजार ७४३ मत पाइन् ।

उपाध्यक्षमा भने कांग्रेसकी डम्बरी वली विजयी भएकी छन् । उनले ३ हजार ४ मत ल्याइन् ।

प्रकाशित मिति: १७ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्