रोल्पाको थवाङमा तीन दलको गठबन्धन तोडियो, माओबादी केन्द्र विजयी


 


काठमाडौं, असार १७
रोल्पाको थवाङ गाउँपालिकामा तीन दलको गठबन्धन तोड्दै नेकपा माओबादी केन्द्र विजयी भएको छ । कांग्रेस–एमाले र विप्लवको तालमेल भएपनि यहाँ माओबादी केन्द्रका उम्मेदवार वीरबहादुर घर्तीले बाजी मारे ।

उनी १९९० मत ल्याउँदै विजयी भए । उनले कांग्रेस र एमालेको समर्थनमा स्वतन्त्रबाट उठेका विप्लवका उम्मेदवारलाई पराजित गरे ।

उपप्रमुखमा पनि १९६७ मत ल्याउँदै माओवादी केन्द्रकी रामकिरणी रोका विजयी भइन् ।

प्रकाशित मिति: १७ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्