भोजपुर नगरपालिकाको मेयरमा कांग्रेस विजयी


 


भोजपुर, असार १७

भोजपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार कैलाश आले विजयी भएका छन् । आलेले ४०७० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्व्न्दी एमालेका गणेश श्रेष्ठले ४०३४ मत प्राप्त गरे ।

नगरपालिकाको उपमेयरमा भने एमाले उम्मेदवार ममिता राई विजयी भएकी छिन् । उनले ३७७३ मत प्राप्त गरिन्, कांग्रेसकी कृति कुमारी कार्कीले ३७०१ मत ल्याइन ।

प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्