अछामको साँफेबगरमा रोकिएको मतगणना सुरु


 


काठमाडौं, असार १६
धाँधली भएको भन्दै अछामको साँफेबगर नगरपालिकामा रोकिएको मतगणना शुक्रबार साँझदेखि सुरु भएको छ ।

निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि मतगणना कार्य शुरू भएको हो । उता मतदानकै क्रमबाट विवादमा रहेको चौरपाटी गाउँपालिकामा भने शनिबार बिहान बैठक बसेपछि मतगणना सुुरू गरिने छ ।

प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्