भोजपुर नगरपालिकामा एमाले, षडानन्दमा कांग्रेस अगाडि, कस्को मत कति ?


 


भोजपुर, असार १६
भोजपुर नगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार गणेशकुमार श्रेष्ठले २८८५ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली कांग्रेसका कैलाशकुमार आलेले पछ्याइरहेका छन् । आलेले २५६८ मत प्राप्त गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका शरणकुमार तामाङ्गले ९०० मत प्राप्त गरेका छन् ।  भोजपुर नगरपालिकाको उपमेयरमा नेकपा एमाले ममिता राई २५९३, नेपाली कांग्रेस कृतिकुमारी कार्की २३६२, माओवादी केन्द्र मनिका राईले ९५८ मत ल्याएकी छिन् ।

यसैबिच षडानन्द नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै गरेको छ । कांग्रेस उम्मेदवार वीरवल राईले १११० मत ल्याएका छन् भने एमालेका सुरेन्द्र उदासले ९७० मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका भीम तामाङ्गले ३८१ मत प्राप्त गरेका छन् । षडानन्द नगरपालिकाको उपमेयरमा काँग्रेसकी सिता श्रेष्ठ ९०७, एमाले मेरिका राई ९६७ र माओवादी केन्द्रकी प्रमिला राईले ५४३ मत ल्याएकी छिन् ।

प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्