कति छ अाज सुनको मूल्य ?


 


काठमाडौं, असार १६
आज सुनको मूल्य तलमाथि भएको छैन । आज पनि सुन प्रतितोला ५४ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

हिजो पनि सुन बजारमा सोही मूल्यमा नै कारोबार भएको थियो । आज सुनको मूल्य तलमाथि नभएपनि चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ ।

आज चाँदी बजारमा प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने चाँदी प्रतितोताला ७ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्