भोजपुरको रामप्रसादराई गाउँपालिकामा एमाले विजयी


 


भोजपुर, असार १६
भोजपुरको रामप्रसादराई गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार विजय राईले २३५६ मत ल्याउँदै भोजपुरको स्थानीय तहमा पहिलो खाता खोलेका हुन् । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका उम्मेदवार थाम प्रसाद राईले २३४८ मत प्राप्त गरे ।

उपाध्यक्षमा भने माओवादी केन्द्रकी सम्झना राईले जीत हात पारेकी छन् । उनले २५३२ मत ल्याइन भने एमाले उपाध्यक्षकी उम्मेदवार कृतिका राईले २४७७ मत प्राप्त गरिन् ।

प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्