अछामको साँफे र चौरपाटीकाे मतगणना अन्योलमा, अब आयोगको जिम्मा


 


अछाम, असार १६
मतदान सम्पन्न भएको दुई दिन वितिसक्दा पनि अछामको साँफे नगरपालिका र चौरपाटी गाउँपालिकामा अझै मगगणना कार्य सुरु हुन सकेको छैन ।

मतदानको दिन देखिनै तनाव र विवादमा फसेका यी दुई स्थानीय तहमा मतगणना हुन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
एमाले र कांग्रेस माओवादी गठबन्धने एक अर्कोलाई बुथ कब्जाको आरोप लगाएर पुनः मतदानको माग गरेपछि गणना अन्यौलमा परेको छ ।

साँफेबगर नगरपालिकाको रिडिकोटमा नेपाली कांग्रेस र भागेश्वर मतदान केन्द्रमा एमालेले कब्जा गरेको आरोप एक अर्काले लगाएका छन् । त्यस्तै, कांग्रेस र माओबादी केन्द्रले चौरपाटी गाउँपालिकाको पायलमा रहेको वैजनाथ मावि केन्द्रमा पनि एमालेले कब्जा गरेको आरोप लगाउँदै आएकाे छ।

समस्या समाधानका लागि सर्बदलीय बैठक बसेपनि सहमती भएको छैन । अब सहमती नभएपनि मतदान गर्ने वा नगर्ने जिम्मेवारी निर्वाचन आयोगको जिम्मामा आएको छ ।

स्थानीय तहमा खटिएका निर्वाचन अधिकृतले यसबारे आयोगलाई लिखित पत्र नै पठाईसकेका छन् । निर्वाचन कार्यमा खटिएका कर्मचारी पनि फिर्ता भईसकेका छन् । स्थानीय निर्वाचन आयोगको निर्णयको पखाईमा बसेका छन् ।

प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्