कञ्चनपुरमा तीनवटै पार्टीले खोले खाता, कसको छ अग्रता ?


 


महेन्द्रनगर, असार १६
कञ्चनपुरका स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ । तीनवटै पार्टीले जिल्लामा खाता खोलेका छन् । नेकपा एमालेले दुई वडामा प्यानलसहित जित हासिल गरेको छ ।

एमालेबाट वेदकोट नगरपालिका २ मा नरेश सिंह दोब्बर मत ल्याएर प्यानलसहित विजयी भएका छन् । उनले ५९८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका देशराज चौधरी र नेपाली काँग्रेसका तारादत्त जोशीले २७५ मत प्राप्त गरे ।

यस्तै पुनर्वास नगरपालिका वडा नम्बर ३ मा पनि एमाले प्यानल सहित विजयी भएको छ । एमालेका वडा अध्यक्षमा फैरु तामाङ्ग प्यानले ७५५ मत ल्याए उनका निकटतम प्रतिद्वन्दीले १८७ मत ल्याए ।

यस्तै एमालेका नबहादुर सुनार महाकाली नगरपालिका १० मा कांग्रेसका सुरेश गिरीलाई ३ मतले पराजित गर्दै प्यानलसहित विजयी भएका छन् ।

यस्तै, नेपाली कांग्रेसले महाकाली नगरपालिकाको वडा नम्बर १ मा प्यानल सहित विजयी भएको छ । काँग्रेसका अर्जुनदत्त भट्ट राप्रपाका विक्रम चन्दलाई ३ मतले पराजित गर्दै विजयी भए

यस्तै लालझाडी गाउँपालिका १ मा विजय पनि विजयी हासिल गरेको छ । काँग्रेसका हेमानन्द राना ७ मत बढि ल्याएर विजयी भए । महाकाली नगरपालिका वडा नम्बर २ मा समेत जित हासिल गरेको छ ।

नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेद्वार कमलापति भट्ट ३ सय ८० मत ल्याएर विजयी भए । यस्तै नेकपा माओवादी केन्द्रले लालझाडी गाउँपालिकामा आफ्नो खाता खोलेको छ ।

माओवादी केन्द्रले लालझाडी गाउँपालिका ६ मा प्यानलसहित विजय हासिल गरेको हो । लालझाडी ६ मा माओवादी केन्द्रका फुलाराम चौधरी विजयी हुनुभए।

प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्