प्रधानमन्त्रीको गृहजिल्ला : डडेल्धुराको मुख्य नगर अमरगढीमा एमालेको अग्रता


 



डडेल्धुरा, असार १६
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको प्रमुख नगर अमरगढी नगरपालिकामा एमालेले कांग्रेसलाई पछारेको छ । यअअघिसम्म अग्रस्थानमा रहेको कांग्रेसलाई एमालेले झिनो मतअन्तरले पछारेको हो ।

एमालेले २ हजार ५२३ मत प्राप्त गरेको छ भने कांग्रेसले २ हजार ५०४ मत छ । त्यस्तै, उपमेयरमा पनि एमाले अगाडि छ ।

उपमेयरमा एमालेले २ हजार ४७२ मत प्राप्त गरेको छ भने कांग्रेसले २ हजार २ सय १५ मत छ । माओबादीको पक्षमा २ सय ५४ मत छ ।

प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्