भोजपुरमा कांग्रेसले खाता खोल्यो


 


भोजपुर, असार १५
भोजपुरको अरुण गाउँपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । अरुण गाउँपालिका वडा नं १ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार नगेन्द्र खत्री विजयी भएका हुन् ।

खत्रीले ५८२ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी जीवन तामाङले ४६६ मत प्राप्त गरे । नेपाली कांग्रेसमा गाउँपालिका अध्यक्षका उम्मेदवार गजेन्द्रबहादुर कार्कीले ५६५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार नारायण घिमिरेले ४६९ मत प्राप्त गरे ।

त्यस्तै माओवादी केन्द्रका उम्मेदवार विमल खड्काले १०७ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा कांग्रेस ५८०, एमाले ४७० माओवादी केन्द्रका उम्मेदवारले ११३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: १५ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्