सुनको मूल्य घट्यो, कति छ आज ?


 



काठमाडौं, असार १५
आज सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोला ५४ हजार तीन सय रुपैयाँ पुगेको छ । हिजो सुन बजारमा प्रतितोला ५४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य केही घटेपनि चाँदीको मूल्यमा भने तलमाथि भएको छैन ।

आज चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा नै कारोबार भइरहको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १५ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्