ओलीको गृहजिल्ला झापाको कचनकवलमा कांग्रेस अगाडि, एमाले चौथो


 


झापा, असार १५
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको कचनकवल गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता  लिएको छ । यहाँ एमाले चौथो नम्बरमा देखिएको छ ।

प्राप्त मतपरिणामअनुसार कांग्रेसले १७० मतसहित पहिलो स्थानमा छ । त्यस्तै, राप्रपा १६४ मतसहित दोस्रो स्थानमा छ भने ४८ मतसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

एमालेको पक्षमा पनि ४८ मत छ । तर, उपप्रमुखमा माओबादी केन्द्रको भन्दा कम ३७ मत छ । माओबादीको उपप्रमुखको पक्षमा ४९ मत छ ।यो गाउँपालिकामा उपप्रमुखमा राप्रपा अगाडि छ । उपप्रमुखमा राप्रपाको पक्षमा १७१ मत छ भने कांग्रेसमा १६३ मत परेको छ ।

प्रकाशित मिति: १५ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्