बझाङका तीन गाउँपालिकामा एमालेको अग्रता


 


काठमाडौं, असार १५
बझाङका तीनवटा गाउँपालिकामा एमालेले अग्रता लिएको छ । जिल्लाका काँडा, मस्टा र बित्थडचीर गाउँपालिकामा मतगणना जारी रहँदा एमालेका अध्यक्ष र उपाध्यक्षले अग्रता लिइरहेका छन् ।

मस्टा गाउँपालिकाको वडा नम्बर १ र ७ मा एमालेको प्यानल नै विजयी भएको छ । त्यस्तै काँडा गाउँपालिकाको वडा नम्बर १ मा पनि एमालेकै गोपाल बोहोराको प्यानल बिजयी भएको छ । यसअघि वडा नम्बर ६ मा एमालेको प्यानल निर्विरोध निर्वाचित भइसकेको छ ।

कांग्रेस र एमाले कार्यकर्ताबीचको झडपका कारण बुधवार स्थगित भएको बझाङको जयपृथ्वी नगरपालिकाका दुई मतदान केन्द्रमा शुक्रवार मतदान हुने भएको छ । वडा नम्बर ३ का ‘क’ र ‘ख’ बुथमा झडपपछि मतदान स्थगित भएको थियो ।

प्रकाशित मिति: १५ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्