भोजपुरमा माओवादी केन्द्रले खाता खोल्यो


 


भोजपुर, असार १५

भोजपुरको रामप्रसाद राई गाँउपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । वडा नं ८ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले पहिलो खाता खोलेका हुन् । उनले ३२२ मत ल्याए भने एमालेका पाँचकुमार राईले ३१० मत प्राप्त गरे ।

गाउँपालिका अध्यक्षमा भने एमालेले अग्रता कायम गरेको छ । एमाले अध्यक्षका उम्मेदवार विजय राईले ३१० र माओवदी केन्द्रका उम्मेदवार थामबहादुर राईले २९६ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने एमाले र माओवादी केन्द्रका उम्मेदवारले बराबरी मत ल्याएका छन् । एमाले उम्मेदवार कृतिका राई र माओवादी केन्द्रका उम्मेदवार सम्झना राईले ३१३ मत ल्याएका हुन् ।

प्रकाशित मिति: १५ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्