प्रधानमन्त्रीको जिल्ला डडेल्धुरामा माओबादीको अग्रता, कांग्रेस तेस्रो


 



डडेल्धुरा, असार १५
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकामा माओबादीले अग्रता लिएको छ ।

जहाँ कांग्रेस तेस्रो स्थामा रहेको छ । गएराति १ बजेबाट मतगणना सुरु भएको अजयमेरुमा माओवादी केन्द्रले अग्रता लिएको हो । वडा नंं ६ को ४ सय ५० मत गणना हुँदा माओवादी केन्द्रका उमेशप्रसाद भट्टले १ सय १७ मत ल्याएका छन् भने एमालेका धनबहादुर साउँदले ९७ मत ल्याएका छन् ।

कांग्रेसका कमलसिंह भाटले ६४ र स्वतन्त्र उम्मेदवार लोकराज भट्टले ७३ मत ल्याएका छन् । उपाध्यक्षमा पनि कांग्रेस तेस्रोमा छन । उपमेयरमा एमालेले अग्रता लिएको छ ।

एमालेकी सुस्मिला पन्तले १०४, माओवादी केन्द्रकी कालावती भाँण ९८ र कांग्रेसकी कमला विष्टले ८१ मत ल्याएका छन् ।

प्रकाशित मिति: १५ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्