कोरियन भाषा परीक्षा दिन छुटेकालाई मौका, पुनः परीक्षा हुने


 


काठमाडौं,  असार १४

दक्षिण कोरियाको रोजगारीका लागि रोजगार अनुमति प्रणाली ( इपिएस) अन्र्तगत भाषा भाषा परीक्षाका लागि आवेदन भरेर पनि परीक्षा नपाएकाहरुले पुनः परीक्षा दिन पाउने भएका छन् ।

पुनः परीक्षा आगामी असार २१ गतेबाट हुनेछ । इपिएसले गत जेठ २७ र २८ गते सञ्चालन भएको भाषा परीक्षामा प्राविधिक कारणले परीक्षा दिन वञ्चित परीक्षार्थीका लागि पुन कम्प्युटरमा आधारित परीक्षा लिने भएको हो ।

सो परीक्षामा प्राविधिक कारणले एसियन इन्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट खुमलटार केन्द्रमा ७ सय १० जना परीक्षार्थीले परीक्षा दिन पाएका थिएनन् ।

सो केन्द्रमा परीक्षा दिनवाट छुट भएकाका लागि असार २१ गतेवाट २९ गतेसम्म फेरी परीक्षा लिने जनाएको हो ।

प्रकाशित मिति: १४ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्