मतदान केन्द्र नजिकै सुतली बम


 



नेपालगञ्ज, असार १४
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० को वन कार्यालयमा राखिएको मतदान केन्द्र नजिकै दुईवटा सुतली बम भेटिएको छ ।

मतदान केन्द्र नजिकै राखिएको एमालेको स्टलमा बम फेला परेको प्रहरीले जनाएको छ।  बमलाई सेना र सशस्त्र प्रहरीको टोलीले निस्कृय पारेको छ ।

यस्तै, कोहलपुर चौराहामा पनि शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ । चुनाव नचाहने तत्वले मतदाता तर्साउन विभिन्न स्थानमा बम राखिरहेको प्रहरीले जनाएको छ ।

बम कसले राखेको हो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १४ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्