सुनको मूल्य कति छ आज ?


 



काठमाडौं, असार १४
नेपाली बजारमा हिजो मात्रै ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि उकालो लागेको छ । आज सुनको मूल्य हिजो भन्दा ३ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँ पुगेको छ ।

हिजो सुन प्रतितोला ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७ सय ५० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

 

प्रकाशित मिति: १४ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्