स्थानीय तह निर्वाचनः तीनवटै प्रदेशमा मतदान सुरु


 


काठमाडौं, , असार १४

स्थानीय तहको निर्वाचन अन्तर्गत दोस्रो चरणमा अहिले विहान ७ बजेदेखि तीनवटै प्रदेशमा मतदान सुरु भएको छ ।

निर्वाचन आयोगले  प्रदेश नम्बर १, ५ र ७ मा विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तय गरिएको थियो । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकारल सुरक्षा व्यवस्था कडा पारेको छ ।

निर्वाचन आयोगकाअनुसार यी तीन प्रदेशमा ६४ लाख ३२ हजार ६५ मतदाता रहेका छन् । ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुने निर्वाचनका लागि ४ हजार ५८१ मतदानस्थल र आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । निर्वाचनमा एक लाख ६३ हजार ८२३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तीनवटा प्रदेशमा १ महानगरपालिका, ७ उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका छन् । यो निर्वाचनबाट १५ हजार ३८ पदाधिकारीलाई निर्वाचित हुनेछन् ।

निर्वाचनमा ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी मैदानमा छन् । पहिलो चरणमा प्रदेश नम्बर ३, ४, ६ को स्थानीय तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो ।

प्रकाशित मिति: १४ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्