सुनको मूल्य घट्यो, हेर्नुहोस् कति पुग्यो आज ?


 



काठमाडौं, असार १३
आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजार १ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी बजारमा प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १३ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्