भोजपुरमा कांग्रेस उम्मेदवारको घरमा दुईवटा बम, एक विस्फोट, एक ‘डिस्पोज’


 



भोजपुर, १३ असार
भोजपुरको भोजपुर नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार प्रेम भण्डारीको घरमा आज (मंगलबार) विहान सुतली बम विस्फोट भएको छ ।

उम्मेदवारको घरमा आज विहान ७ बजे बम विस्फोट भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनका अनुसार घरमा विस्फोट हुन नसकेको अर्को बम पनि फेला परेको छ ।

विस्फोट नभएको बमलाई निस्कृय पारिएको डीएसपी आचार्यले जानकारी दिए ।

बम विस्फोटबाट घरमा सामान्य क्षति भएपनि मानवीय क्षति भएको छैन । प्रहरीले बम विप्लव समूहका कार्यकताले राखेको हुन सक्ने अनुमान गरेको छ ।

प्रकाशित मिति: १३ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्