एका विहानै माओबादी केन्द्रका उम्मेदवारको घरनजिकै बम
झापा, असार १३
झापामा मंगलबार एका विहानै दमक नगरपालिकामा माओबादी केन्द्रका मेयर पदका उम्मेदवारको घर नजिकै बम भेटिएको छ ।
उम्मेदवार गगन पुरीको घरदेखि १० मिटर पूर्वपट्टी बम भेटिएको हो । बिहान साढे ४ बजे बम फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी राजन लिम्बुले जानकारी दिए ।
प्रकाशित मिति: १३ असार २०७४, मंगलबार