आफैले बोकेको बम विस्फोटमा विप्लवका कार्यकर्ताको मृत्यु


 


धनगढी, असार १३
आफैले बोकेको बम आत्माघाती रुपमा विस्फोटन हुँदा कैलालीमा विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताको मृत्यु भएको छ । निर्वाचन बिथोल्नका लागि खटिएका धनगढी उपमहानगरपालिका १२ जुगेडाका २९ वर्षीय चन्द्र सिंहको मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका ४ कैलालीपुल नजिकै खानेपानी संस्थान रोडस्थित जीएस सन्स एन्ट स्ट्रोमा सोमबार राति १० बजे उक्त आत्मघाती बम बिस्फोटन भएको थियो ।

बम विस्फोटबाट घाइते भएका सिंहको उपचारको क्रममा सेती अञ्चल अस्पतालमा राति पौने १२ बजे  निधन भएको प्रहरीले जनाएको छ ।
बम विस्फोटन हुँदा उनको गुप्ताङ र अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

 

प्रकाशित मिति: १३ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्