कति छ आज सुनको मूल्य ?


 



काठमाडौं, असार १२
आज सुनको मूल्यमा तलमाथि भएको छैन । आज पनि हिजोकै मूल्यमा बजारमा कारोबार भइरहेको छ । आजपनि सुन प्रतितोला ५४ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि यथावत नै छ । आज पनि चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमै खरिद विक्रि भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १२ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्