उम्मेदवारीमा समर्थन जुटाउन परराष्ट्रमन्त्री भारत भ्रमणको तयारीमा


 



काठमाडौं, असार १२
उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आसन्न स्थानीय तहको निर्वाचन लगत्तै भारत भ्रमणमा जाने तयारीमा जुटेका छन् ।

भारतसँगको कूटनीतिक सम्बन्ध विस्तार र संयुक्त राष्ट्र संघको मानव अधिकार काउन्सिल सदस्यमा नेपालले दिएको उम्मेदवारीको पक्षमा समर्थन जुटाउन मन्त्री महरा भारत भ्रमणको तयारीमा रहेको परराष्ट्र स्रोतले जनाएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

मन्त्री महरा अहिले रोल्पामा छन् । बुधबारको निर्वाचन पछि यही साता दिल्लीको तयारीका लागि काठमाडौं फर्कनेछन ।

प्रकाशित मिति: १२ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्