‘नेपालको वित्तीय सुशासन एसियाकै उत्कृष्ट’


 



काठमाडौं, असार १२
नेपालको वित्तीय सुशासन एसियाकै उत्कृष्ट रहेको नेपाल राष्ट्र बैंकले दाबी गरेको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले वित्तीय क्षेत्र सबल र प्रभावकारी हुनुमा केन्द्रीय बैंकको महत्वपूर्ण भूमिका रहेको बताए । वित्तीय क्षेत्र सबल हुँदा निजी क्षेत्रले पनि उत्साहजनक प्रगति गर्ने थापाको भनाइ छ ।

मौद्रिक नीतिमा निजी क्षेत्रको सुझाव विषयक छलफलमा थापाले निजी क्षेत्रले राखेका ब्याजदर, तथा व्यापारसम्बन्धी व्यवस्थामा छलफल गरेर उपयुक्त ठानिएमा मौद्रिक नीतिमा समावेश गरिने बताए ।

पछिल्लो समयमा निजी क्षेत्र सबल भएको हुनाले पनि आर्थिक विकास हुने उनको भनाइ छ ।
हाल बैंकहरूको स्प्रेडदर भने अन्य देशको तुलनामा उच्च रहेको थापाको तर्क छ ।

प्रकाशित मिति: १२ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्