पहिरोमा परि बेपत्ता भएका प्रहरीमध्ये एकको शव भेटियो


 


चितवन), असार ११

चितवनको कालिखोलामा शुक्रबार पहिरोसँगै बगेर बेपत्ता भएकामध्ये एक प्रहरीको शव आज फेला परेको छ ।

घटनास्थलबाट झन्डै ५० किलोमिटर टाढा नवलपरासीको रजहरभन्दा तल नारायणी नदीमा बगाउँदै गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

लगाएको कपडाका आधारमा सो शव प्रहरी जवान लिलवहादुर चेपाङको रहेको छ । शव परिक्षणका लागि भरतपुर अस्पताल चितवनमा पठाइएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

उक्त घटनामा परेका अर्का एक जना प्रहरी जवान सन्दीप कार्की भने बेपत्ता नै छन् । उनीहरु चढेको प्रहरीको जिपसमेत बेपत्ता छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित कालिखोलामा शुक्रबार बिहान पहिरोसँगै बगेर बेपत्ता भएका प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र प्रहरी जवान दीपककुमार मास्केको शव सोही दिन घटनास्थलमा पुरिएका अवस्थामा फेला पारिएको थियो । रासस

प्रकाशित मिति: ११ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्