चुनावमा सेना परिचालन गर्न राष्ट्रपति भण्डारीद्वारा स्वीकृति


 



काठमाडौं, असार ११

स्थानीय तह निर्वाचन अन्तर्गत यहि असार १४ गते हुने चुनावमा सेना परिचालनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार स्वीकृति दिएकी छन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय सुरक्षा परिषद्को असार ७ गतेको सिफारिस र ८ गतेको मन्त्रिपरिषद्को निर्णयका आधारमा सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् ।

स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरिएको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: ११ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्