सुनको मूल्य बढ्यो, कति छ आज ?


 



काठमाडौं, असार ११
नेपाली बजारमा आज सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोला ५४ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजोसम्म सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ पुगेको छ । हिजोसम्म चाँदी बजारमा प्रतितोला ७ सय ४० रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ११ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्