अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो


 



चितवन, असार ११ (ओएनएस) : शनिबार रातिदेखि अवरुद्ध नारयणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । सडक खण्डको सिमलटार, कालीखोला र चार किलोमा पहिरो जाँदा बाटो अवरुद्ध भएको थियो ।

यसअघि पहिरो पन्छाउन समय लाग्ने बताइएपनि झरी नपरेकाले छिटो भएको प्रहरीले जनाएको छ । गएको शुक्रबार कालीखोलामा आएको पहिरोले प्रहरीको भ्यान बगाउँदा दुई प्रहरीको ज्यान गएको थियो ।

हराइरहेका दुई प्रहरीको अझै अवस्था पत्ता लागेको छैन । सामान्य झरी पर्दा पनि पहिरो खसेर बाटो अवरुद्ध हुन थाले पछि यो बाटो ओहारदोहोर गर्ने यात्रुहरु त्रसित बनेका छन् ।

सडक विस्तारका कारण दिउसो आवतजावत बन्द गरिएको यो सडकमा आज पनि दिउसो सवारी चल्न दिइने भएको छ ।

रातिदेखिका गाडी रोकिदा लामो जाम भएकाले त्यसलाई खुलाउन दिउँसोमा पनि गाडी चलाउन दिइने चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिए ।

प्रकाशित मिति: ११ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्