भोलिदेखि ३५ जिल्लाका शिक्षण संस्था बन्द हुँदै


 


काठमाडौं, असार १०

स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत असार १४ गते हुने निर्वाचनलाई लक्षित गरी आइतबारदेखि शिक्षणसंस्था बन्द हुने भएको छ ।

निर्वाचनलाई लक्षित गर्दै प्रदेश १, ५ र ७ का ३५ जिल्लाका शिक्षणसंस्था आइतबारदेखि चार दिन बन्द रहने भएको हो ।

निर्वाचन आयोगको सिफारिसमा मन्त्रिपरिषद्को असार ८ गते बसेको बैठकले शिक्षण संस्था चार दिन बन्द गर्ने तथा असार १४ गते एक दिन तीनै वटा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: १० असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्