राजपा चुनावमा मौन बस्ने, यसरी फेरियो रणनीति


 



काठमाडौं, असार १०
दोस्रो चरणको स्थानीय तहको निर्वाचनका दिन १४ असारमा राजपाले मौन बस्ने संकेत देखाएको छ ।

आफ्नो पार्टीको प्रभाव रहेको रूपन्देही र कपिलवस्तुमा उम्मेदवारी दिएका कारण राजपा १४ असारमा मतदान भाँड्ने गरी आन्दोलन गर्ने पक्षमा देखिएको छैन । कपिलवस्तु र रुपन्देहीका विभिन्न स्थानीय तहमा राजपाका १ सय २१ जना स्थानीय नेताहरूले उम्मेदवारी दिएका छन् ।

सम्मरीमाई, कोटहीमाई र मर्चवारीमाई गाउँपालिकामा राजपाका स्थानीय नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।
राजपाका नेताहरू सर्वेन्द्रनाथ शुक्ल र बृजेशलाल गुप्ता निर्वाचित क्षेत्रमा राजपाका नेताहरू निर्वाचनमा सहभागी भएका हुन् । तत्कालीन तमलोपा पार्टीनिकट ती नेताहरू निर्वाचनमा सहभागी भएपछि राजपाभित्र असन्तुष्टि बढेको छ । निर्वाचनमा सहभागी स्थानीय नेता–कार्यकर्तालाई कारबाही गर्न सक्ने अवस्थामा पनि राजपा छैन ।

राजपा महामन्त्री केशव झाका अनुसार तत्काल कुनै नेतालाई केही गर्न सक्ने अवस्था छैन । ‘उम्मेदवारी मनोनयनमा रोक्न नसकेका कारण अब फिर्ता गर्नु भनेर भन्न सक्ने अवस्था पनि छैन,’ उनले भने । राजपाले १४ असारमा बन्द आह्वान गरेको भए पनि १२ र १३ असारको बन्द फिर्ता लिएको छ । ११ असारमा भने मोटरसाइकल र्याली गर्ने कार्यक्रम छ । यी कार्यक्रम प्रदेश नम्बर २ मा बढी केन्द्रित हुनेछन् ।

प्रकाशित मिति: १० असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्