मोबाईल किन्ने निर्णयबाट पछि हटे विद्यासुन्दर, तत्काल कार्यान्वयन नगर्ने (विज्ञप्तिसहित)


 



काठमाडौं, असार ९
काठमाडौं महानगर नगर कार्यपालिकाका सदस्यहरुलाई मोबाइल बाड्ने निर्णयको व्यापक आलोचना भएपछि सो निर्णय तत्काल कार्यान्वयन नगरिने भएको छ ।

महानगर नगर कार्यपालिकाका बैठकले जनप्रतिनिधिहरुलाई ३० हजारको मोबाइल बाँड्ने निर्णय गरेको थियो ।

यो निर्णयको व्यापक आलोचना भएपछि शुक्रबार साँझ बसेको बैठकले सो निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो । जनप्रतिनिधिहरुलाई मोबाइल बाड्ने निर्णय मेयर विद्यासुन्दरकै प्रस्तावमा गरिएको थियो ।

 

 

 

प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्