घुस लिदा लिँदै राजस्व अधिकृत पक्राउ


 


काठमाडौँ, असार ९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न नपर्ने बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा राजस्व अनुसन्धान अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

आयोगले राजस्व अनुसन्धान मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर, बाँकेका अनुसन्धान अधिकृत भिमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीलाई आज नियन्त्रणमा लिएको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो ।

आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले रु पाँच लाख ७० हजार घुस रकमसहित दुबैजनालाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।

व्यापारीबाट नियन्त्रणमा लिइएका करलगायतका कागजात मिलाइ दिने प्रयोजनका लागि उनीहरुले घुस रकम माग गरेका थिए । नियन्त्रणमा लिएका दुबै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्