माओवादी उम्मेदवार भट्टको घरमा सुतली बम विस्फोट


 



कैलाली, असार ९
कैलालीको गोदावरी नगरपालिकाका माओबादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवार बनेका गोकर्ण भट्टको भरमा शुक्रबार विहानै बम विस्फोट भएको छ ।

शुक्रबार बिहान करिब पौने ३ बजेको समयमा भट्टको सुतली बम बिस्फोट भएको हो । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बिहीबार बेलुका माओवादी केन्द्रका नेता लेखराज भट्टको गोदावरी नगरपालिकास्थित घरमा बास बसेका थिए ।

उनी बास बसको घर भन्दा उम्मेदवार भट्टको घर करिब एक किलोमिटर टाढा छ । उनी माओबादी केन्द्रका नेता लेखराज भट्टका भाई हुन् ।
बिस्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने नभएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्